२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

नुवाकोटका सञ्जोग अधिकारी तीन दिनदेखि सम्पर्कबिहीन, खोजीमा सहयोग गरिदिन परिवारको अपिल

१९ कार्तिक, नुवाकोट । नुवाकोटका सञ्जोग अधिकारी तीन दिनदेखि हराएका छन । उनको परिवारका सदस्यले सञ्जोग हराएको र खोजीमा सहयोग गरिदिन अपिल गरेका छन । परिवारका सदस्यले प्रहरीकोमा सूचना दिएर सामजिक सञ्जालको प्रयोगबाट खोजीमा सहयोग गरिदिन अपिल गरेका छन ।

नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका सञ्जोग कार्तिक १७ गते २ बजेदेखि सम्पर्कबिहीन भएको परिवारका सदस्यले बताएका छन । सञ्जोगको दिदी कल्पना भट्टले नुवाकोट र काठमाडौँको कुनै पनि ठाउँमा भाइ हुनसक्ने भन्दै देख्ने र भेट्नेलाई परिवारका सदस्य वा नजिकको प्रहरी कार्यालयमा खबरगरिदिन अुनरोध गरेकी छिन ।

१६ वर्षका सञ्जोग खोलेबेसी निवासी सन्तरमन अधिकारी (सानुभाइ) र सरू अधिकारीका छोरा हुन । उनी बेलकोटगढी नगरपालिकाको वडा नम्बर ८ जिलिङको भालुवाडारमा रहेको मामाघरबाट काउली लिएर काठमाडौँ जान भनेर हिँडेको बुझिएको छ । मामाघरबाट हिँडेका सञ्जोग तारूकामा रहेको घर र काठमाडौँमा रहेको घर दुबै ठाउँमा नगएपछि खोजी सुरू भएको हो । परिवारका सदस्यले महानगरीय प्रहरी बृत बालाजुमा उनी हराएको सूचना दिएका छन ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १३:०१