२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भारतीय प्रधानमन्त्री मोदीद्धारा भूकम्पको क्षतिप्रति दुःख प्रकट, सहयोगका लागि तयार

१८ कार्तिक, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति दुःख प्रकट गरेका छन । शनिबार बिहान ट्वीट गर्दै उनले भूकम्पको क्षतिप्रति दुःख प्रकट गरेका हुन । उनले आफू नेपाली जनताको दुःखका बेलामा साथमा रहेको बताउँदै आवश्यक सहयोगका लागि तयार रहेको पनि बताएका छन ।

शुक्रबार राति ११ः ४७ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको ६।४ म्याग्निच्यूडको भूकम्पका कारण १२९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका ९२ जना र रूकुम पश्चिमका ३७ जना रहेका छन ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०९:४६