२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

मध्यरातमा भुकम्पकाे धक्का

१८ कात्तिक, काठमाडौं । काठमाडौं लगायत देशभर शुक्रबार मध्यरातमा भूकम्पको धक्का महसुस गरिएकाे छ ।

११:४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु रहेको भुकम्पकाे धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो।

भुकम्प करिब ६.४ म्याग्निच्युडको रहेकाे भुकम्प मापन केन्द्रले जनाएकाे छ । अहिलेसम्म क्षतिको विवरण भने आएको छैन।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ००:२२