१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एनआइसी एशिया बैंकको नाफा ४२.४९ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा पनि ऋणात्मक

१७ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआइसी एशिया बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको मुनाफामा गिरावट आएको हो ।

समिक्षा अवधिमा बैंकले १ अर्ब १ करोड ३ लाख ८३ हजार रुपैयाँ नाफा गरेको छ । जुन अघिल्लो बर्षको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १७. ५५ प्रतिशतले घटेर २ अर्ब ७४ करोड ६६ लाख ३४ हजार रुपैयाँ रहेको छ ।गत आवमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ३३ करोड ११ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफा ३८.९४ प्रतिशतले घटेर १ अर्ब ५४ करोड २९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा ९८ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । ४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब २१ करोड ९ लाख ६७ हजार रुपैयाँ रहेको छ । ३ खर्ब ६३ अर्ब ६४ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैकले २ खर्ब ९४ अर्ब ९ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी २६.५८ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०२.०५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १७:०२