९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

राष्ट्रिय वाणिज्य बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा १ अर्ब ८१ करोड

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले ८५ करोड ९८ लाख खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१.०३ प्रतिशतले कम हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ अर्ब २४ करोड रुपैयाँ थियो।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। यो अवधिमा बैंकको सञ्चालन मुनाफा २३ प्रतिशतले घटेर १ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २० प्रतिशतले घटेर २ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १८ करोड रुपैयाँमा सीमित थियो। यो अवधिमा बैंकको खराब कर्जा अनुपात बढेर ३.६२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष बैंकको खराब कर्जा २.४८ प्रतिशत थियो ।

समिक्षा अवधिमा बैंकले ३ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्तापूँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ४.४३ प्रतिशतले बढेर ३८ अर्ब २० करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी २१.९९ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : November 3, 2023 at 4:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/