९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

प्राइम कमर्सियल बैंकको नाफा १ अर्ब १५ करोड, यस्तो छ अन्य सूचक

१७ कात्तिक, काठमाडौं । प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले १ अर्ब १५ करोड खुद नाफा आर्जन गरेको छ। यो नाफा गत बर्षको सोहस् अवधिको तुलनामा ३१.७३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ८७ करोड ४१ लाख रुपैयाँ थियो।

बैंकको वितरणयोग्य मुनाफा ६२ करोड ८६ लाख रुपैयाँ रहेको छ। यो अवधिमा बैंकको सञ्चालन मुनाफा ३१.३५ प्रतिशतले बढेर १ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ६ प्रतिशतले बढेर १ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड रुपैयाँमा सीमित थियो। बैंकको खराब कर्जा अनुपात (एनपीएल) १.८० प्रतिशतबाट बढेर ३.६७ प्रतिशत पुगेको छ।

पहिलो त्रैमासमा बैंकले १ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्तापूँजी १९ अर्ब ४० करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ७.५४ प्रतिशतले बढेर ९ अर्ब ४७ करोड पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १८.७४ रुपैयाँबाट  बढेर २३.७४ रुपैयाँ कायम भएको छ। पीई रेसियो ७.५८ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५२.०६ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : November 3, 2023 at 2:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/