१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

एनएमबि बैंकको नाफामा सामान्य सुधार, बढ्यो खराब कर्जा

१७ कात्तिक, काठमाडौं ।  एनएमबि बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले ९६ करोड ३२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ९० करोड ४१ लाख रुपैयाँ थियो। यो नाफा गत बर्षको सोही अवधिको तुलनामा ६.५३ प्रतिशतले बढी हो  ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष १ अर्ब ६० करोड रुपैयाँ थियो। यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३२.४९ प्रतिशतले घटेको छ। यो अवधिमा बैंकको सञ्चालन मुनाफा ६.५१ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब २९ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ८.२९ प्रतिशतले बढेर २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५ करोड रुपैयाँमा सीमित थियो।

२ खर्ब १ अर्ब ७० करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ९२ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।चुक्तापुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १३.३७ प्रतिशतले बढेर ९ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी २०.९८ रुपैयाँ रहेको छ । पीई रेसियो ८.९३ गुणा रहेको बैंकको प्रति सेयर नेटवर्थ १५९.६९ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा बढेर २.८४ प्रतिशत पुगेकाे छ । अघिल्लो आवको सोही अवधिमा बैंककाे खराब कर्जा १.९० प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : November 3, 2023 at 10:42 am