१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड, वितरणयोग्य नाफा ३ अर्ब माथि

१७ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा सामान्य बढेको छ।

पहिलो त्रैमासमा बैंकले १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 बैंकको खुद ब्याज आम्दानी ४९.९२ प्रतिशतलेबढेर ४ अर्ब ८० करोड ८८ हजार रुपैयाँ कायम भएको छ । बैंकको सञ्चालन नाफा ६.४२ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ८५ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा पनि ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । बैंकको खराब कर्जा भने २.२८ प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुगेको छ ।

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ। यो अवधिमा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ २९ पैसाले घटेर १३ रुपैयाँ ७१ पैसा कायम भएको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ३० पैसा रहेको छ।

प्रकाशित मिति : November 3, 2023 at 9:52 am