२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

१६ कात्तिक, काठमाडौं । चिरख्वा हाइड्रोपावरको आईपीओ आज कात्तिक १६ गते बाँडफाँड भएको छ । कम्पनीले असोज २३ देखि असोज २६ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा ११ लाख ३१ हजार ९३६ आवेदकले १ करोड २१ लाख ३६ हजार ७६० कित्ताका सेयरका लागि आवेदन दिएका थिए । सोमध्ये ११ लाख ३१ हजार ९३६ आवेदन स्वीकृत भएको छ भने २ हजार ३८१ आवेदन रद्द भएको छ। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड भएको छ । गोलाप्रथाबाट बाँडफाँड  गर्दा भाग्यमानी ८५ हजार ९३० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी लगानीकर्ताको हात भने खालि रहेको छ ।

प्रकाशित मिति : 13:47