१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

कांग्रेस सांसद गौतमले सदनमै गरे मौनधारण

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले प्रतिनिधि सभाको शून्य समयमा मौन धारणा गरेका छन्। सभामुख देवराज घिमिरेले शून्य समयमा बोल्नका लागि सांसद गौतमका लागि समय दिएपछि उभिएका सांसद गौतमले केही नबोलेरै समय सकाए ।

सांसद गौतम उभिएर मौन रहेपछि सभामुख घिमिरेले दोहोर्‍याएर उनलाई बोल्न समय दिइएको भन्दै स्मरण गराएका थिए । तर गौतम बोलेनन् । गौतमले नबोलेरै ब्यङ्ग्य गरेपछि कतिपय सांसदले टेबुल ठोकेर उनकाे विरोध र ब्यङ्ग्यप्रति समर्थन जनाए ।

प्रकाशित मिति : November 2, 2023 at 12:35 pm