२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

आममाफी पाएका थापा ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

१५ कात्तिक, भरतपुर । अपहरण गरी ज्यान मार्ने धम्की दिँदै रु २५ लाख माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ८ गते भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो । उनले गत जेठ १५ गतेको गणतन्त्र दिवसमा आममाफी पाएका थिए । पत्रकार सम्मेलन गरेर पक्राउ परेको थापालाई सार्वजनिक गर्दै चितवन प्रहरीले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी उनले अपहरणको धम्की दिएको जानकारी दिएको छ । थापाले हिन्दी भाषा प्रयोग गरी सुवेदी र उनको छोरालाई गोली हानी हत्या गर्छु भन्दै सो को बदलामा रु २५ लाख माग गरेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहको नेतृत्वमा विशेष प्रहरी टोली परिचालित भई सोमबार साँझ अभियुक्त थापालाई पक्राउ गरिएको जनाइएको छ । मकवानपुर हेटौँडा उपमहानगरपालिका स्थायी ठेगाना भएका थापा भरतपुर महानगरपालिका–९ मा बस्दै आएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । चितवन प्रहरीका अनुसार अभियुक्त थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो । अभियुक्त थापा चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकामा गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा ४ वर्ष ६ महिना तीन दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेका थिए । नारायणी नदी किनारमा कृषि तथा व्यापार महोत्सव गरिने चितवनको नारायणी नदी किनारमा चितवन रिकभरी जनचेतना, संस्कृति, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने भएको छ ।

लागुऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापनाका लागि स्थापित संस्था रिकभरिङ युनाइटेड प्रालिले यही मङ्सिर ६ गतेदेखि १६ गतेसम्म नागरिकलाई सचेतना दिन महोत्सव गर्न लागेको हो । कार्यक्रम संयोजक महेश श्रेष्ठले भरतपुर महानगरपालिका–१ को सिफारिस र भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनको स्वीकृतिमा महोत्सव गर्न लागेको जानकारी दिए । लागुऔषध तथा दुव्र्यसनीविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्दै चितवनको मौलिक परम्परा, वेशभूषा र स्थानीय कला तथा संस्कृति संरक्षण गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । दश दिनसम्म चल्ने महोत्सव बिहान १० देखि साँझ ५ बजेसम्म खुला रहने जनाइएको छ ।

महोत्सवमा स्कुल तथा क्याम्पसका विद्यार्थीलाई लागुऔषधविरुद्धको विभिन्न नाटक, कविता, साहित्य, वादविवाद, गीतसङ्गीत तथा नृत्य प्रतियोगिता गराइनेछ । महोत्सवमा बाल उद्यानको साथमा रोटेपिङ, नाउँ, झुला, ड्रागन, कार तथा मोटरसाइकल रेस र सर्कसहरु मनोरञ्जनका लागि राखिनेछ भने औद्योगिक उत्पादनहरु, खाद्यान्न र हस्तकलाका सामानको स्टल राखिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । दैनिक पाँच हजार नागरिकले अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सवमा प्रवेश शुल्क रु ७० राखिएको छ । पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई महोत्सव प्रवेश निःशुल्क गरिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १६:२९