२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँड भोली, ११ लाख बढीको हात खालि

१५ कात्तिक, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ भोली बिहीबार बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ बिहीबार दिउँसो १ बजे बाँडफाँड हुने धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । कम्पनीकोआईपीओ प्रि–अलोटमेन्टको काम सोमबार सकिएको छ ।

कम्पनीले असोज २३ गतेदेखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख १२ हजार ६४५ आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीको आईपीओमा मागभन्दा १५.३६ गुणा बढी आवेदन परेको छ।

आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुने छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ८५ हजार ९३० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। भने ११ लाख बढी आवेदकको हात खाली हुने देखिएको छ।

प्रकाशित मिति : 11:43