२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

किन्ने होइन त ? १०० रुपैयाँ मै सिनर्जी पावरको सेयर उठाउने आज अन्तिम दिन

१५ कात्तिक, काठमाडौं । सिनर्जी पावर डेलभपमेन्टको लिलामी सेयरमा आवेदन दिने आज कात्तिक १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत कात्तिक १ गतेदेखि सर्वसाधारण समूहको ५ लाख ६३ हजार बढी कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको थियो। सोही सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।

कम्पनीले गत भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म सेयरधनीहरुलाई चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। सो क्रममा बिक्री नभएको सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो।

लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी आवेदन दिनुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् भने अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। लगानीकर्ताले काठमाडाैंकाे नक्सालस्थित सानिमा क्यापिटल तथा सानिमा बैंकको हेटौँडा, नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा (न्युरोड) तथा गरिमा विकास बैंकको बागलुङ शाखामा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : 09:13