२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य, केमा कति ?

१४ कार्तिक, काठमाडाैँ । सरकारले फेरि डिजेल र मट्टितेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले मंगलबार मध्यराति लागू हुने गरी पेट्रोलियम पादर्थको मूल्य समायोजन गरेको छ । मंगलबार साँझ निगमले एक विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ घटेको जनाएको हो।

बुधबार बिहानदेखि पहिलो वर्गको डिजेल/मट्टितेलको मूल्य १६१, दोस्रो वर्गको १६३ र तेस्रो वर्गको १६४ रूपैयाँ कायम गरिएको निगमको विज्ञप्तिमा उल्लेख गरिएको छ । मंगलबार इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्यअनुसार पेट्रोलको एक रूपैयाँ ५१ पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ। यस्तै डिजेलको मूल्यमा भने प्रति लिटर ३ रूपैयाँ ६३ पैसाले घटेर आएको र एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर ९३ रूपैयाँ ६० पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार २०:३४