१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ५७ करोडमा खुम्चियो

१४ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ६४ दशमलव ४० को बिन्दुमा पुगेको हो ।

आज दुई सय ८६ कम्पनीको २२ लाख ५८ हजार एक सय ८७ कित्ता सेयर खरिदबिक्री हुँदा ५७ करोड १४ लाख ८३ हजार बराबरको कारोबार भएको छ । मंगलबार सबै समूहको उपसूचक रातो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह एक दशमलव ४६ र लघुवित्त समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य छ दशमलव ०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड रहेको छ । यस दिन कम्पनीको सेयर मूल्यमा नौ दशमलव ९८ प्रतिशतले गिरावट देखिएको छ । आज सबैभन्दा धेरै सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १५:१३