हङकङमा भव्य रूपमा मनाइयो नेपाल दिवस
८ असोज, हङकङ । हङकङमा नेपाल दिवस भव्य रूपले मनाइएको छ । बर्षौदेखिको जनताको जनभावना अनुसार बिक्रम संवत २०७२ सालमा संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको खुशीयालीमा नेपाल दिवस मनाउन सुरू गरिएको हो ।
महावाणिज्य दूतावास हङकङले असोज ३ गतेका दिन विगतझै यस बर्ष पनि नेपाल दिवश मनाएको हो । हङकङ सरकारको चिफ सेक्रेटरीको प्रमुख आतथ्यतामा तथा विभिन्न देशका महावाणिज्यदूतहरुको सहभागिता रहेको यस कार्यक्रमले हङकङमा मात्र नभई विश्वभर नै नेपाललाई चिनाउन सकारात्मक भूमिका खेलको महावाणिज्य दूत उदय रानामगरले जानकारी दिए ।
उक्त कार्यक्रमा अमेरिका, भारत, बगालादेश, म्यान्मार, मलेसिया, थाइल्याण्ड लगायत देशका महावाणिज्यदूतहरुको समेत सहभागिता रहेको थियो । विभिन्न देशका महाबाणिज्यदूतहरू एकै ठाउँमा हुँदा कार्यक्रम थप आकर्षक बनेको थियो । कार्यक्रमका प्रमुख अतिथि हङकङ सरकारको चिफ सेक्रेटरी इरिक चानले नेपाल र मातृभूमि चीनबीच सदिऔँ देखिको सम्वन्ध रहेको र आगामी दिनमा यो सम्वन्ध थप बलियो हुँदै जाने बताए । उनले चीनसँगको सम्बन्धले नै हङकङसंगको सम्वन्ध थप बलियो हुने बताए ।
करिव १२० भन्दा बढी सहभागी रहेको कार्यक्रममा विभिन्न नेपाली सांस्कृति नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको वीचमा हङकङमा रहेका संघ संस्थाहरूलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । अन्त्यमा नेपाली विभिन्न परिकारको खाना सहित कार्यक्रमको समापन गरिएको थियो
नेपाल दिवस नेपालीहरूका लागि महत्वपूर्ण छ । नयाँ संविधानप्रति सवै जातजाति, बर्ग, लिंगले पूर्ण रुपमा अपनत्व नलिएता पनि करिब ९८ प्रतिशत नागरिकले स्वीकार गरेका छन । यहि संविधान जारी भएको असोज ३ लाई नेपाल सरकारले नेपाल दिवशको रुपमा मनाउन विदेशस्थित कुटनीतिक नियोगहरुमा समेत पत्राचार गर्ने गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १२:४६












