तेस्रो दिन पनि सोनापुर सिमेन्टको सेयरमूल्यमा लाग्यो नकारात्मक सर्किट
१४ कात्तिक, काठमाडौं । लगातार तेस्रो दिन पनि सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आइतबारबाट काराेबारमा आएको कम्पनीको सेयरमूल्य साताको तेस्रो कारोबार दिन पनि १० प्रतिशतले घटेको हो ।
मंगलबार प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसाबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २५५ रुपैयाँ २० पैसामा कायम भएको छ । यसअघि दोस्रो दिन सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा झरेको थियो भने पहिलो दिन आइतबार ३५० रुपैयाँबाट १० प्रतिशत नै घटेर ३१५ रुपैयाँमा झरेको थियो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम मूल्य थपेर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएको तीन दिन लगातार नकारात्मक सर्किट लागेको हो ।
प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार ११:३८












