२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

छुट्ला है ! १०० रुपैयाँ मै अरुण काबेली पावरको सेयर किन्ने आज अन्तिम दिन

१४ कात्तिक, काठमाडौं । अरुण काबेली पावर लिमिटेडको सेयरमा खरिद आवेदन दिने आज कात्तिक १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असोज ३० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको २० लाख १४ हजार बढी कित्ता सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ ।

कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्तापुँजीको सतप्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो। यो अवधिमा सेयरधनीहरुबाट खरिद आवेदन नपरेको सर्वसाधारण समूहको कुल २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बिक्रीमा राखिएको सेयरमा लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। भने अधिकतमका लागि भने कुनै हद लाग्ने छैन।

लगानीकर्ताले नक्सालस्थित नेपाल इन्भेस्टमेन्ट बैंकिङ, नबिल बैंकका शाखाहरु विराटनगर (रंगेलीरोड), जलेश्वर (महोत्तरी), सातदोबाटो (ललितपुर), सूर्यविनायक (भक्तपुर), पोखरा (कास्की), कोहलपुर (बाँके), सुर्खेत र महेन्द्रनगर (कञ्चनपुर) मा बोलपत्र पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : October 31, 2023 at 9:43 am