१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध

१३ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले योग्य संस्थागत लगानीकर्ताहरुको दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

नेप्सेले यसअघि दर्ता भइसकेका योग्य संस्थागत लगानीकर्ताहरुका लागि नवीकरणबापत ५ हजार रुपैयाँ र नयाँ दर्ता हुने योग्य संस्थागत लगानीकर्ताहरुका लागि दर्ता शुल्क १० हजार रुपैयाँ तोकेको छ ।

नेप्सेले बुक विल्डिङ विधिमार्फत् गरिने निष्कासनमा शिलबन्दी बोलकबोल सञ्चालनमा सहभागी हुन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरुलाई नवीकरण शुल्क ग्लोबल आइएमई बैंक कमलादीमा बुझाउन भनेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १४:३६