११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

सोनापुर सिमेन्टको सेयर मूल्यमा दोस्रो दिन पनि नकारात्मक सर्किट

१३ कात्तिक, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयरमूल्यमा लगातार दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा कायम भएको छ ।

गत आइतबारबाट कम्पनीको प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार सुरु भएको थियो । पहिलो दिन कम्पनीको मूल्य १० प्रतिशत घटेर ३१५ रुपैयाँमा झरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम मूल्य थपेर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएको दुई दिन लगातार नकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १२:०१