२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_____________
#दैनिक_राशिफल

कार्तिक १३ सोमबार

मेष :- रचनात्मक कार्यको प्रारम्भ हुने साथै लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्ने ।

वृष :- व्यवसायमा लगानी बढाउनुपरेसँगै आर्थिक मुनाफा नहुने कामको जिम्मेवारी लिनुपर्ने ।

मिथुन :- आर्थिक कारोबारमा फाइदा हुने साथै मनमा नयाँ जाँगर तथा उत्साह जाग्ने ।

कर्कट :- नयाँ कार्ययोजनाको प्रस्ताव आएसँगै पहिलेको सफलताले थप हौसला उत्पन्न हुने ।

सिंह :- आश्वासन बाँड्नेहरुले नै झुक्याउने साथै पूर्व सम्झौताहरु भङ्ग हुने उच्च सम्भावना ।

कन्या :- कार्य सफलताका लागि दोहोर्‍याए काम गर्नुपर्ने साथै न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने ।

तुला :- अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने साथै घुमफिर, मनोरञ्जनमा समय बित्ने ।

वृश्चिक :- दिगो फाइदाजनक कुनै कार्यको सुरुवात हुने तथा परिश्रमले लक्ष्य नजिकै पुगिने ।

धनु :- नयाँ कार्य प्रारम्भका लागि प्रतीक्षा गर्नु उचित साथै बौद्धिक क्षेत्र भने फराकिलो बन्दै जाने ।

मकर :- परिस्थिति प्रायः प्रतिकूल बन्ने साथै अप्ठ्यारोमा साथ दिनेहरु घट्दै जाने ।

कुम्भ :- उद्योग , व्यापारमा फाइदा साथै गरेका कार्यले उचित प्रतिफल दिने ।

मीन :- अरुका विषयमा चासो राख्दा आफै समस्यामा फसिने यद्यपि मान सम्मान प्राप्त हुने ।

शुभ दिन ।

© ज्यो. सूर्य पौडेल
________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ०८:३९