२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

चिरख्वा हाइड्रोपावरको आईपीओ कहिले हुन्छ बाँडफाँड ? यस्तो छ तयारी

१२ कात्तिक, काठमाडौं । चिरख्वा हाइड्रोपावरको आईपीओ यसै साता भित्र बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार कम्पनीको प्री(अलोटमेन्ट भोली कात्तिक १३ गते सोमबार हुँदैछ । प्री-अलोटमेन्ट सम्पन्न भएसँगै यसै साता भित्र आईपीओ बाँडफाँड गर्ने योजना रहेको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीको आईपीओमा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० लागि आवेदन दिएका छन् । यो मागभन्दा १५।३६ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ८५ हजार ९३० जनाले १० कित्ता सेयर हात पार्नेछन् । कम्पनीको आईपीओमा ११ लाख २६ हजार ७१५ हजारको हात खाली हुने भएको छ ।

प्रकाशित मिति : 17:15