१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

हकप्रद सेयर निष्कासन गर्दै एनएलजी इन्स्योरेन्स, धितोपत्र बोर्डमा दियो निवेदन

१२ कात्तिक, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १० कित्ता शेयर बराबर ६.६ को अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड९सेबोन० मा आवेदन दिएको हो ।

धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र कम्पनीले हकप्रद निष्कासन गर्ने छ। कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १४:२४