२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सोनापुर मिनरल्सको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

१२ कात्तिक, काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलको सेयर कारोबार आज (कात्तिक १२ गते)बाट धितोपत्र दोस्रो बजारमा खुलेको छ। आज स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो । यस दिन कम्पनीको सेयर प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार भएको हो।

गत कात्तिक २ गते कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो। सोपश्चात दशैं बिदा परेको हुनाले यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। पहिलो कारोकारको लागि नेप्सेले प्रतिकित्ता १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसा प्रदान गरेको थियो। सोही मूल्यको आधारमा कम्पनीको पहिलो कारोबार भएको हो ।

प्रकाशित मिति : 10:56