२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

गाईपालनबाट मनग्य आम्दानी गर्दै रुक्मागत

११ कात्तिक, गल्याङ (स्याङजा) । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुुङ्गाका ४७ वर्षीय रुक्मागत न्यौपानेले मलेसिया, कतार, दुबई, भारत लगायतका मुुलुुकमा १२ वर्ष बिताए । विदेशको कमाईबाट सन्तुुष्ट हुन नसकेपछि उहाँ स्वदेशमै स्वरोजगार बन्ने सोचका साथ गाउँ फर्किए । न्यौपानेले गाउँ फर्किएपछि चार साथीहरुको सहकार्यमा भैँसीपालन व्यवसाय सुुरु गरे । उत्तरवाहिनी पशुुपालन फार्ममार्फत पाँच वर्षअघि १५ वटा मुुर्रा जातका भैँसीबाट व्यवसाय सुुरु गर्नुभएका न्यौपानेको फार्ममा अहिले भने होलिस्टेन र जर्सी जातका १५ गाई छन् । गोठ र आवाससहित ३० रोपनी क्षेत्रफलमा फैलिएको फार्म संयुुक्त रुपमा रु ३२ लाखको लगानीबाट सुुरु गरिएको थियो । विविध कारणले सहकार्य गरेका साथीहरुले एक वर्ष नहुुँदै व्यवसायबाट हात झिकेपछि न्यौपानेले एक्लैले फार्म सञ्चालन गरे ।

“सुुरुका दुुई वर्ष संयुुक्त रुपमा भैँसीपालन गरेका थियौँ, भैँसीपालनमा समस्या धेरै देखियो, फार्मको पूूर्ण अधिकार मसँग आएपछि गाई पाल्न सुुरु गरेको हुँ”, उनले भने, “अहिले फार्ममा छवटा दुहुना, तीनवटा ब्याउने र सात बाच्छाबाच्छी छन् । उनले गाईपालनका लागि नेपियर, जौघाँस, मकैघाँसलगायत उन्नत जातका घाँससमेत लगाएका छन् । एउटा गाईले दैनिक सात देखि १५ लिटरसम्म दूूध दिने गरेको उनले बताए । दैनिक ५० लिटर दूध उत्पादन गर्दै आएमा उनले स्थानीय बजार र तुुल्सीभञ्ज्याङ साना किसान दुग्ध सङ्कलन केन्द्रमा दूूध बिक्री गर्दै आएका छन् । स्थानीय बजारमा प्रतिलिटर रु एक सयका दरले दूूध बिक्री भए पनि साना किसान दुग्ध सङ्कलन केन्द्रमा भने ल्याक्टो फ्याटका आधारमा दूूधको मूल्य पर्ने न्यौपानेले बताए।

“दूूध बिक्रीबाट मासिक रु एक लाखदेखि डेढ लाखसम्मको कारोबार हुुन्छ, खर्च कटाउँदा रु ४०–५० हजार जति बचत हुन्छ”, न्यौपानेले थपे, “विदेशमा जस्तो कमाई नभए पनि परिवारको साथमा स्वदेशमै स्वरोजगार बन्न पाउँदा खुुसी छु ।” उनले गल्याङ नगरपालिकाले दिएको दूूधमा प्रतिलिटर रु १५ अनुुदान कार्यक्रमले हौसला मिलेको बताए । “जिल्ला भेटेरिनरीबाट र नगरपालिकाबाट चाँपकटरसहित हालसम्म छ लाखभन्दा बढीको अनुुदान पाएको छुु”, न्यौपानले भने, “सरकारी निकायबाट राम्रो सेवासुुुविधा पाएको छुु ।” उनले गएको आर्थिक वर्षमा रु एक लाखको हाराहारीमा नगरपालिकाबाट प्रतिलिटर रु १५ अनुदान अन्तर्गतको रकम पाए । न्यौपानेको गाई फार्ममा हाल तीनजनाले रोजगार पाएका छन् । श्रीमती र छोरा व्यवसाय टिकाउनका लागि दरिलो सहारा बनेको उनको भनाइ छ ।

“म बजार जाँदा श्रीमतीले घाँसपानी र कुँडोको काम गरिदिँदा सहज बनेको छ”, न्यौपानेले भने, “लम्पी स्किन रोगले सताए पनि गाईपालनमा खासै समस्या देखिएको छैन, बजार राम्रो भएकाले गाईपालनलाई अझ व्यवस्थित र विस्तार गर्दै लैजाने सोच बनेको छ ।” श्रीमती कमलाले विदेश छाडेर गाउँमै श्रीमान्सँग काम गर्न पाउँदा खुसी मिलेको बताए । “उहाँ विदेशमा हुँदा कहिले के हुुने हो भन्ने चिन्ता हुुन्थ्यो, चाडपर्वमा सबैलाई न्यास्रो लाग्थ्यो,” कमलाले भने, “अहिलेसँगै हुँदा मलाई पनि धेरै सहारा मिलेको छ, सुखदुुःखमा सँगै हुन पाएका छौँ ।”

उनले गाईपालन व्यावसायबाट आत्म सन्तुष्टि मिलेको बताए । नगरपालिकाका पशु शाखाप्रमुख सुशील अर्यालले नगरपालिकाले नगरभित्रका पशुलाई निःशुल्क बीमा, दूधमा प्रतिलिटर रु १५ अनुदान, ब्याजमा चार प्रतिशत अनुदान, साइजेलमा अनुदान, मल बनाउने तालिम, घाँसको बीउ, बेर्ना, निःशुल्क उपचार तथा प्राविधिक सेवा लगायतका सहयोग गरेको बताए । उनले कृषकलाई हौसला दिन गोठगोठमै पु्गेर अनुगमन गर्ने, गुनासा टिपोट गर्ने र सल्लाह दिने गरिएको बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार १५:३६