२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

माथिल्लो मैलुङ खोलाको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

१० कात्तिक, काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीले असोज १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन खुला गरेको आईपीओ कात्तिक ३ गते बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ बाँडफाँड भएसँगै यतिखेर आईपीओ पर्ने आम लगानीकर्तालाई कम्पनीको आईपीओले कति आपनिङ रेञ्ज पाउला भन्ने चासोको बिषय  बनेको छ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो ।

यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९६ रुपैयाँ १४ पैसा देखि २८८ रुपैयाँ ४२ पैसासम्मको ओपनिङ रेञ्ज दिने सम्भावना रहेको छ ।  नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । सोही कारणले कम्पनीको आईपीओले उक्त रेञ्ज पाउने सम्भावना रहेको हो ।

प्रकाशित मिति : 12:17