२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

छुट्ला है ! ५० हजार कित्तासम्म भर्न पाइने आईपीओ बिक्री खुला

१० कात्तिक, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले आज कात्तिक १० गतेबाट आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री खुला गरेको हो ।  कम्पनीले २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने सर्वसाधारणलाई बिक्री हुनेछ ।

कम्पनीको आईपीओ वैदेशिक रोजगारीमा रहेकाले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल  रहेको छ ।

यस कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको ‘आइआरएन डबल बी माइनस ९आइएस० रेटिङ दिएको छ ।

प्रकाशित मिति : October 27, 2023 at 9:51 am