१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

एमाले नुवाकोटका नेता नेत्र बहादुर तामाङको निधन

९ कार्तिक, नुवाकोट । नेकपा एमाले नुवाकोटका नेता नेत्रबहादुर तामाङको निधन भएको छ । एमाले नुवाकोटका पूर्व जिल्ला कमिटी सदस्य समेत रहेका तामाङको ७७ वर्षको उमेरमा बिहीबार ककनी गाउँपालिका वडा नम्बर ५ मा निधन भएको एमाले नुवाकोटका प्रचार विभाग सचिव समिर बलामीले दैनिकीलाई जानकारी दिए । स्वर्गीय नेत्रबहादुरको बिहीबार नै बुद्ध धर्म अनुसार अन्त्येष्टि गरिएको छ ।

तामाङको तीन छोरा, छोरी र पत्नी रहेका छिन । ताङका एक छोरा राजु लामा एमाले बागमती प्रदेश कमिटीका पूर्व सदस्य हुन भने सार्क जर्नलिष्ट फोरमका अध्यक्ष हुन । त्यस्तै अर्का छोरा बिरेन्द्र स्याङताङ पनि ककनी गाउँपालिका वडा नम्बर ५ का नेता रहेका छन ।

प्रकाशित मिति : October 26, 2023 at 3:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/