माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड आज, कतिले पाउँछन् सेयर ?
३ कात्तिक, काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ आज कात्तिक ३ गते शुक्रबार बाँडफाँड गरिने भएको छ। कम्पनीको आईपीओ आज बिहान ९ः३० बजे बाँडफाँड गरिने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
कम्पनीले गते असोज १८ गतेदेखि असोज २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
सीडीएससीका अनुसार अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १२ लाख ४९ हजार १०७ आवेदकबाट १ करोड ३८ लाख ८० हजार ५९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १०.८० गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
प्रकाशित मिति : 09:29









