२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

इजरायलले मानवअधिकारको गम्भीर उलंघन गरेको मुस्लिल इत्तेहाद संगठनको ठहर

२ कार्तिक, काठमाडाैँ । मुस्लिल इत्तेहाद संगठनले इजरायलले युद्धको घोषणा गरे प्यालेस्टाइनको भूमिमा रहेको अस्पताल र मानववस्तीमा आक्रमणी गरी नरसंहार मच्चाएको भन्दै खेद प्रकट गरेको छ । अध्यक्ष ताज मोहम्मद मियाँले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै इजरायलले मानवअधिकारको गम्भीर उलंघन गरेको जनाएका छन ।

संगठनले अक्षम्य अपराध भएको भन्दै नेपाल सरकार मार्फत संयुक्त राष्ट्रसंघसँग उक्त घटानामा खेद प्रकट गर्न माग गरेको छ । उसले द्धन्द्धबाट उत्पन्न मानवीय संकट समाधानमा केन्द्रीत बन्न शान्तिका पक्षधर अन्तर्राष्ट्रिय संघ संस्थासँग जोडदार माग गरेको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार २१:१६