रोकिएन सेयर बजारको गिरावट, ९७ करोड ६१ लाखको कारोबार
२ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४.०५ अंकले घटेर १९०३.८४ बिन्दुमा झरेको छ ।
बिहीबार ९७ करोड ६१ लाख रुपैयाँको कारोबार हुँदा सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस दिन नबिल बैंक लिमिटेड प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १५:२६












