२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

छुट्ला है ! घलेम्दी हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

२ कात्तिक, काठमाडाैं । घलेम्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज कात्तिक २ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद प्रयोजनको लागि कात्तिक ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ आज कात्तिक २ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्।

कम्पनीले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

यो कम्पनीले सांग्रिला ऊर्जा प्रालिद्वारा प्रबर्द्धिधत संखुवासभामा रहेको ६३ मेगावाटको पीआरओआर छुजुङ खोला जलविद्युत आयोजनामा घलेम्दीको कम्तीमा ५१ प्रतिशत सेयर कायम हुने गरी लगानी गर्न हकप्रद सेयर बिक्रीबाट रकम जुटाउने लक्ष्य राखेको छ।

प्रकाशित मिति : 11:47