२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै भिजन लुम्बिनी उर्जा कम्पनी, कति दिने आवेदन ?

२ कात्तिक, काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले यही कात्तिक १६ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेको छ।

अब ५ प्रतिशतले हुन आउने ९५ हजार ६२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३८ हजार २५० कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी रहेको १५ लाख ८७ हजार ३७५ कित्तामा स्थानीयलाई बिक्री हुन बाँकी ४ लाख ८७ हजार ९१० कित्ता जोडेर २० लाख ७५ हजार २८५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतममा १० कित्ता र अधिकतममा ३ लाख ८० हजार कित्तासम्म छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर १ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। यो आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : October 19, 2023 at 9:26 am