२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

माथिल्लो मैलुङ खोलाको आईपीओ बाँडफाँड मिति तय, कतिले पाउछन् सेयर ?

३० असोज, काठमाडौं । माथिल्लो मैलुङ खोलाको आईपीओ कात्तिक ३ गते शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार आईपीओ बाँडफाँड गरिने भएको हो ।

कम्पनीले गते असोज १८ गतेदेखि असोज २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

कम्पनीको आईपीओमा १२ लाख ४९ हजार १०७ जना आवेदकले १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा १०।८० गुणा बढी आवेदन हो । मागभन्दा बढी आवेदन परेको कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा  १ लाख २८ हजार ४२० जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् ।भने ११ लाख २० हजार ६८७ जनाको हात खाली हुने भएको छ ।

प्रकाशित मिति : 16:47