१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

नेप्सेमा ८२ करोड ६० लाख बराबरको बोनस सेयर सूचीकृत, कुनको हिस्सा कति ?

३० असाेज, काठमाडौँ । भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८२ जलविद्युत्कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६४.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा ११.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.८ प्रतिशत, होटेलको हिस्सा ३.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० भदौ मसान्तमा सूचीकृत ७ अर्ब ६३ करोड सेयर संख्याको चुक्ता मूल्य रु.७५३ अर्ब ३६ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा रु.१७ अर्ब ३२ करोड बराबरको साधारण सेयर, रु.१ अर्ब २० करोड बराबरको हकप्रद शेयर र रु.८२ करोड ६० लाख बराबरको बोनस सेयर गरी कुल रु.१९ अर्ब ३५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२ अर्ब ५ करोड बराबरको साधारण सेयर, रु.१ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र रु.१ अर्ब २० करोड बराबरको डिबेन्चर गरी कुल रु.४ अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १४:४३