२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

नमस्ते पेमार्फत् उडान टिकट बुकिङ गर्दा २०० रुपैयाँ उच्चतम क्यासब्याक

३० असाेज, काठमाडौं । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि यो वर्षको दसैँमा नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई क्यासब्याक प्रदान गर्ने उद्धेष्यले नयाँ अभियान शुरु गरेको छ ।

जसअन्तरगत नमस्ते पेमार्फत् आफ्नो उडान टिकट खरीद गर्ने यात्रुहरुले तत्कालै २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त अभियान कात्तिक १ गतेबाट लागू हुने कम्पनीले बताएको छ। साथै,उडानकर्ताहरुले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुनपर्ने पनि बताएको छ ।

तर २०० रुपैयाँ प्राप्त गर्नको लागि यात्रुहरुले नेमस्ते पेमार्फत् उडान टिकट खरीद गर्नुपर्ने छ ।यसका साथै प्रत्येक उडानकर्ताले ५०० एमबी डाटाप्याक र अभियान अवधिको अन्त्यमा १ जना भाग्यशाली यात्रुले आफ्नो अर्को खरिदमा ५० प्रतिशत छुट पाउने छन् ।

नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमार्फत् किफायती आर्थिक दरका साथै भरपर्दो र सुरक्षित बुकिङ पाटर्नरबाट उडान टिकट खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १२:२३