१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

अरुण काबेली पावरको २० लाख १४ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

३० असोज, काठमाडौं । अरुण काबेली पावर लिमिटेडले आज असोज ३० गते मंगलबारबाट सेयर बिक्रीमा राखेको छ । कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्तापुँजीको सतप्रतिशत हकप्रद सेयर सेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो। यो अवधिमा सेयरधनीहरुबाट खरिद आवेदन नपरेको सर्वसाधारण समूहको कुल २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। भने अधिकतमका लागि भने कुनै हद लाग्ने छैन। लगानीकर्ताले बिक्रीमा राखिएको उक्त सेयरमा कात्तिक १४ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरूले नक्सालस्थित नेपाल इन्भेस्टमेन्ट बैंकिङ, नबिल बैंकका शाखाहरु विराटनगर ९रंगेलीरोड०, जलेश्वर ९महोत्तरी०, सातदोबाटो ९ललितपुर०, सूर्यविनायक ९भक्तपुर०, पोखरा ९कास्की०, कोहलपुर ९बाँके०, सुर्खेत र महेन्द्रनगर ९कञ्चनपुर०मा बोलपत्र पेस गर्नसक्नेछन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार ०९:२९