१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

२०.५३ प्रतिशत लाभांश पारित गर्न कहिले बस्छ एभरेष्ट बैंकको साधारण सभा ?

२९ असोज, काठमाडौँ । एभरेष्ट बैंकको वार्षिक साधारण सभा भोलि अर्थात असोज ३० गते मंगलबार बस्दैँछ। सभा लैनचौर बेंक्वेट, लैनचौर काठमाडौँमा बिहान ११ बजे बस्न लागेको हो ।

सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद ९कर प्रयोजनसहित० गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । यसको अर्थ असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले मात्र सभामा सहभागि हुन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार ११:५५