२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मारुती सिमेन्ट्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बाेलायाे वार्षिक साधारणसभा

२९ असोज, काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने  भएको छ। कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकको निर्णय अनुसार मारुती सिमेन्ट्सको वार्षिक साधारणसभा कात्तिक २१ गते विराटनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर वितरण गर्ने र त्यसपछि हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । अग्राधिकार सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

प्रकाशित मिति : October 16, 2023 at 11:37 am