२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

२९ असोज, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से परिसूचक ०.४७ अंकले घटेर १८७४.१२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा १० स्टकको १ लाख ९६ हजार २५९ रुपैयाँ १० पैसाबराबरको ५३१ कित्ता सेयर कारोबार भएको छ। जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : 11:03