९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

एनआईसी एसियाका दुई म्युचुअल फन्डको लाभांश घोषणा, कुनको कति ?

२९ असाेज, काठमाडाैं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ। योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलको असोज २७ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०का लागि एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको लाभांश घोषणा गरेको हो ।

एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १०.५० प्रतिशत (कर सहित) का दरले हुन आउने आठ करोड छयत्तर लाख छयानब्बे हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने छ।

त्यस्तै एनआईसी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले हुन आउने सात करोड पचपन्न लाख बराबरको नगद प्रतिफल वितरण गर्ने छ । लाभांश वितरणको लागि बुक क्लोज मिति पछि तय गर्ने क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : October 16, 2023 at 10:39 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/