२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

धादिङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

२८ असोज, धादिङ । धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा दुई बालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार १७:४०