सोनापुर मिनरल्सको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
२८ असोज, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको कौतुहलताको विषय बनेको छ ।
कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो । अहिले यस्तै चासोको बिषयमा रहको छ सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ ।
नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १४२।०१ रुपैयाँदेखि ४२६।०३ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज दिने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
प्रकाशित मिति : 17:14









