९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

सिद्धार्थ बैंकको साढे पाँच लाख कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

२८ असोज, काठमाडौँ । सिद्धार्थ बैंकले आज असोज २८ गतेदेखि केही सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूह तर्फको ५ लाख ४९ हजार ५७३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक सेयरधनी प्रदीप कुमार केडियाको ४ लाख ५४ हजार ५६३ र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको ९५ हजार १० कित्ता सेयर बिक्री खुला गरेको हो । बिकिप्मा राखिएको उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति ९असोज २८ गते० ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधिभित्र बिक्रीमा राखिएको उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा सो सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

प्रकाशित मिति : October 15, 2023 at 2:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/