२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

कतिले पाउँछन् चिरख्वा हाइड्रोपावरको आईपीओ ?

२८ असोज, काठमाडौं । चिरख्वा हाइड्रोपावरको आईपीओमा १ अर्ब ३१ करोड बराबरको आवेदन परेको छ । कम्पनीले असोज २३ गतेदेखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा १ अर्ब ३१ करोड ९९ लाख २४ हजार रुपैयाँको आवेदन परेको हो ।

सीडीएसका अनुसार असोज २६ गते साँझसम्ममा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० लागि आवेदन दिएका छन् । यो मागभन्दा १५.३६ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओमा मागभन्दा धेरै बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ८५ हजार ९३० जनाले १० कित्ता सेयर हात पार्नेछन् । भने ११ लाख २६ हजार ७१५ हजार आवेदकको हात खाली हुनेछ ।

कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गरेको छ । जसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ ।

प्रकाशित मिति : 13:54