२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि विश्व बैंकले १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण दिने

२८ असोज, काठमाडौं । माथिल्लो अरुण जलविद्युत आयोजनामा बनाउन विश्व बैंकले १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । विश्व बैंक र आइ।एम।एफ। को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आइतबार स्वदेश फर्किएका अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताएका हुन् ।

विश्व बैंक माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता दिन सकारात्मक भएको अर्थमन्त्री महतले बताए । उनले अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङटनमा प्राविधिक तथा वित्तीय पक्षसँग छलफल समेत गर्ने तयारी रहेको बताए ।

साथै, उनले विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका आकिहिको निसिओ सँगको छुट्टै छलफलमा माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलव्ध गराउने प्रतिवद्धता जाहेर भएको बताए । आइडिएको २१ औँ रिप्लेनिस्मेण्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्रीले राखेको प्रस्तावमा विश्ववैंक सकारात्मक रहेको महतले उल्लेख गरे । उनले अमेरिकी डलर ३०० मिलियन अर्थात ३९ अर्ब रुपैयाँ बराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्ष सहमत भएको बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार १३:००