१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

मिर्मिरे लघुवित्तको एफपीओमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट

२८ असोज, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा मागभन्दा धेरै बढी आवेदन परेको छ । कम्पनीले असोज २५ गतेदेखि निष्काशन गरेको एफपीओमा मागभन्दा ९४.६९ गुणा बढी आवेदन परेको हो ।

सीडीएससीका अनुसार कम्पनीको एफपीओमा आइतबार बिहानसम्ममा १० लाख २० हजार १८९ जना आवेदकले १ करोड १७ लाख २४ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले  १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गरेको हो । उक्त आईपीओमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।  कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार १२:४३