२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी २० प्रतिशत नगद फिर्ता

२८ असाेज, काठमाडौँ । आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले नगद फिर्ता योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सामान खरिद गरी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्नुहुँदा २० प्रतिशत वा अधिकतम २०० रुपैयाँ नगद फिर्ता योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम २०० रुपैयाँसम्म नगद फिर्ता पाउन सक्नुहुनेछ । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असो देखि ७ कार्तिकसम्म रहेको छ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैें किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार १०:५०