३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नेपाल भाषा र साहित्यको प्रचारमा उपत्यकाव्यापी साइकल र्‍याली

२७ असोज, भक्तपुर, २७ असोज । नेपाल भाषा र साहित्यको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले उपत्यकाव्यापी साइकल र्‍याली निकालिएको छ । भक्तपुरको ल्यसिङ्ख्यलमा आगामी कात्तिक ९ र १० गते हुने ४३औँ नेपाल भाषा साहित्य तःमुज्या तथा सांस्कृतिक कार्यक्रमलाई सफल पार्ने आयोजना गरिएको र्‍यालीको बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले रिबन काटेर उद्घाटन गरे । नेपाल भाषा साहित्यको क्षेत्रमा ‘जनता म्वाःसा भाषा म्वाइ’ भन्ने नाराका साथ जनताको साहित्य र संस्कृति उत्थानको साझा प्रयासमा टेवा पुर्‍याउने उद्देश्यले ४३ वर्षदेखि नेपाल भाषा सहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

साइकल र्‍याली भक्तपुरको ल्यसिङ्ख्यबाट सुरु भई जगाती, च्यामासिंह, दत्तात्रय, गोल्मढी, सुकुलढोका, तःमार, नासमना, भार्वाच्व, चङ्गा गणेश, राधेराधे, शङ्खधर चोक, बालकुमारी, बहाखा बजार, सानोथिमि, पेप्सीकोला, जडीबुटी, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, सहिदगेट, न्युरोड गेट, वसन्तपुर, मरू, जैसीदेवल, लगन, भोटेबहाल, टेकु, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, पाटन ध्वाका हुँदै न्याखचुक पुगी नेवाःसमयबजी खाने कार्यक्रम रहेको छ । त्यसपछि साइकल र्याली न्याखचुकबाट पाटन, बङ्गलामुखी, स्वथा, मङ्गलबजार, सौगल, ग्वार्को, इमाडोल, सिद्धिपुर, लुभु, सिरूटार, चित्रपुर, गाम्चा, पाण्डुबजार, सूर्यविनायक, राममन्दिर, गःहिती हुँदै ४० किलोमिटरको यात्रा पार गरी पुनःसाँझसम्म ल्यसिङ्ख्यमा पुगेर समापन हुनेछ ।

प्रकाशित मिति : October 14, 2023 at 4:19 pm