३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

‘राजागञ्ज : द स्काइ इज माइन’ नर्वेको सोर्फोन्डबाट पुरस्कार

२७ असोज, काठमाडौँ । निर्देशक दीपक रौनियारद्वारा निर्देशित नयाँ चलचित्र ‘राजागञ्ज ः द स्काइ इज माइन’ लाई नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट रु ७६ लाख ५२ हजार (५७ हजार छ सय अमेरिकी डलर) प्राप्त भएको छ । ‘हाइवे’ र ‘ह्वाइट सन’ जस्ता नेपाली चलचित्र निर्देशन गरेर विश्वभरका चर्चित महोत्सवमा सहभागिता जनाउन सफल भएका निर्देशक रौनियारले यसपटक मधेसको कथालाई प्रस्तुत गरेका छन् ।

नेपालबाट निर्माण भएको नेपाली चलचित्र भए तापनि ‘राजागञ्ज ः द स्काइ इज माइन’ नर्वेजियन सहनिर्माता रहेका छन् । निर्देशक रौनियार, डेभिड बार्कर र आशा मगरातीले संयुक्तरुपमा लेखेका चलचित्रमा गहुँगोरो वर्णकी महिला जासुसको कथा देखाइएको छ । सार्वजनिक कथासारअनुसार उक्त महिला जासुस हिंसा भड्किएको सहरबाट काम थाल्छिन् ।

दुई गहुँगोरो वर्णका युवकले फिरौती मागेपछि अपहरणमा हुन्छन् र उनीसँग दुई दिनको मात्र समय छ । उक्त कथालाई जनकपुरको सेटअपमा (पृष्ठभूमिमा) भनिएको छ । चलचित्रमा दयाहाङ राई, निकिता चण्डक, आशा मगराती, पशुपति राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्। नेपालमा निर्माण सहकार्यमा जोडिएको बाँसुरी फिल्मले यो उपलब्धिले स्थानीय कथा भन्न प्रोत्साहित गर्ने विज्ञाप्तिमार्फत जानकारी दिइएको छ ।

प्रकाशित मिति : October 14, 2023 at 2:21 pm